प्रतिनिधि सभा संसद्को बैठक आज बस्दै


काठमाडौं — प्रतिनिधि सभाको बैठक आज (बुधबार)  बस्ने भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक अगाडि सभामुख अग्नी सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजको बैठकमा एमसीसी टेबुल हुने सम्भावना रहेको अभिव्यक्ति दिइसकेको अवस्थामा आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुने विषयमा अहिले नै कुनै निर्णय भएको छैन ।

मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने समझदारी बनेको स्रोतको दाबी छ। तर आजै नै पारित गर्ने या नगर्ने भन्ने विषय भने अझै टुंगो लागेको छैन ।

 

प्रतिक्रिया