संसद् भंग गरेर तीनै तहको निर्वाचनमा जाऔं : माधव नेपाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन् ।

आइतबार संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद्‌मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै संसद् भंग गरेर तीनै तहको निर्वाचनमा जानु पर्ने धारणा राखेका हुन् ।

एमाले आफूले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै लगातार रुपमा संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया