कांग्रेस भातृ संगठनका वर्तमान समिति भंग, नयाँ कार्यसमिति छिट्टै गठन गरिने


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भातृ संगठनको कमिटी भंग गरेको छ ।

सोमबार बसेको बैठकबाट कांग्रेसका म्याद सकिएका भ्रातृ संगठनको वर्तमान कमिटी भंग गर्ने निर्णग गरेको हो । यससँगै अब छिट्टै नयाँ समिति गठन गर्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल , नेपाल महिला संघ, नेपाल मुस्लिम संघलगायतका कार्यसमिति भंग गर्ने निर्णय गरेको हो ।

योसँगै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका भ्रातृसंस्थाका पदाधिकारीहरू पनि भ्रातृ संस्थाको जिम्मेवारीबाट मुक्त भएका छन् ।

बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधानसमेत पारित गरेको छ । विधान पारित भएसँगै नेपाल विद्यार्थी संघमा अब ३२ वर्षे उमेर हद लागु भएको छ । त्यस्तै तरुण दलमा ४५ वर्षको उमेर हद लगाइएको छ ।

 

प्रतिक्रिया