आज पनि रोकियो एमालेले निष्कासन गरेका सांसदविरुद्ध परेको मुद्दाको सुनुवाइ


काठमाडौं – नेकपा एमालेले निष्कासन गरेका १४ सङ्घीय सांसद र लुम्बिनी प्रदेशका २ सांसदलाई सभामुखले गैर कानुनी रुपमा जोगाएका भन्दै एमालेले दर्ता गरेको मुद्दाको सुनुवाइ आइतबार पनि रोकिएको छ ।

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्तालाई कोरोना सङ्क्रमण भएको भन्दै सुनुवाइ सार्न निवेदन परेपछि आज पेशी तोकिएको सुनुवाइ सरेको हो ।

न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा सो मुद्दाको पेशी तोकिएको थियो ।

यसअघि पटक पटक स्थगित हुँदै आएको सुनुवाइ आज अघि बढ्न लागेकै बेला प्रधान न्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको थियो ।

प्रतिक्रिया