‘म यस्तो गीत गाउँछु २’ फागुन १३ गते रिलिज हुने


काठमाडौं – फिल्म ‘म यस्तो गीत गाउँछु २’ शिवरात्रीको छेको पारेर फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।मंगलवार नेपाल चलचित्र संघमा बसेको चलचित्र निर्माता संघका तर्फबाट उदय सुब्बा र चलचित्र संघका तर्फबाट अशोक शर्मा नेतृत्वको कार्यदलले फिल्मलाई फागुन १३ गते प्रदर्शन गर्ने निर्णय गरेको हो ।

यसअघि २०७६ सालको फागुन २३ गते फिल्मले पहिलो पटक प्रदर्शन मिति घोषणा गरेको थियो । तर कोरोना संक्रमण फैलिएपछि अनिश्चितकालका लागि रोकिएको फिल्मको रिलिज दोस्रो चरणको बन्दाबन्दी अन्त्यपछि माघ १९ गतेलाई घोषणा गरिएको थियो ।

तर, पुनः कोरोना संक्रमण फैलिएको भन्दै सरकारले माघ ३ गतेबाट हल बन्द गर्ने निर्णय गरेपछि फिल्म फेरि रिलिज हुन पाएन । फागुन १ गतेबाट हलहरु खुल्ने भएपछि ‘म यस्तो गीत गाउँछु २’ लाई फागुन १३ गते प्रदर्शन गरिने भएको छ । यहि मितिमा फिल्म ‘लप्पन छप्पन २’ पनि प्रदर्शनमा आउने तयारीमा छ ।

सुदर्शन थापाले निर्देशित तथा निर्मित गरेको फिल्ममा पूजा शर्मा र पल शाहको मुख्य अभिनय छ । सुदर्शन थापा निर्देशित तथा निर्मित फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया