
एकीकृत समाजवादीले फागुन १ गते देशभर प्रदर्शन गर्ने
काठमाडाैं – एमसीसी सम्झौताको विरोधस्वरुप नेकपा एकीकृत समाजवादीले देशव्यापी प्रदर्शन गर्ने भएको छ । बुधवार बसेको एकीकृत समाजवादीको मोर्चा संगठनको बैठकले साे निर्णय गरेकाे हाे ।
मोर्चा संगठन प्रमुख विजय पौडेलले फागुन १ गते दिउँसो २ बजे देशका ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरिएको बताए । विरोध प्रदर्शनका लागि पार्टीका जनवर्गीय तथा पेशागत संगठनहरुलाई तयारीमा जुट्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
फागुन २ गते बस्ने संसद बैठकमा सरकारले एमसीसी प्रस्ताव पास गर्ने तयारी गरेकाले त्यसको विरोधमा नेकपा एसले विरोध प्रदर्शन गर्ने भएको छ ।



कागजपत्र |
