भाउजुमाथि पेट्रोल छर्केर आगो लगाएर हत्या


सप्तरी – सप्तरीको बोदेबरसाइन नगरपालिका–१ धनगढीका एक युवकले आफ्नै भाउजुमाथि पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन्।देवर २० वर्षीय परमेश्वर साहले आफ्नी २७ वर्षीया भाउनु राजकुमारी साहको हत्या गरेका हुन्।  दुई दिनअघि परमेश्वरले घरमै भाउजुलाई पेट्रोल छर्केर आगो लगाएका थिए। उपचारको क्रममा आइतबार उनको मृत्यु भएको हो।

अँगेनाको डिलमा बसेर रोटी पकाइरहेकी राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएको कारणले उनको मृत्यु भएको प्रहरीले जनाएको छ।आगोले जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारको क्रममा विराटनगरस्थित एक अस्पतालमा मृत्यु भएको हो।

राजकुमारीका ३० वर्षीय पति रविनकुमारले आफू काम विशेषले घर बाहिर रहेको समयमा आफ्नै भाइले पत्नीको शरीरमा आगो लगाएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।  सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले भाउजूमाथि पेट्रोल छर्केर आगो लगाउने देवरको खोजी भइरहेको जानकारी दिए।

प्रतिक्रिया