आजदेखि फाइजर खोपको दोस्रो डोज लगाइँदै


काठमाडौं – काठमाडौं महानगरपालिकामा आजदेखि आउँदो फागुन ५ गतेसम्म कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो डोज लगाइँदै छ ।

शनिबारबाहेक अरू सबै दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।१२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाई तीन हप्ता पूरा भएका विद्यार्थीले दोस्रो डोज खोप लगाउनका लागि पूर्ववत् खोप केन्द्र तोकिएका विद्यालयहरूमा जानुपर्ने महानगरले जनाएको छ ।

काठमाडौं महानगरका ३२ वटै वडामा रहेका निश्चित विद्यालयहरूलाई खोप केन्द्र तोकिएको छ । स्वास्थ्य सुरक्षााको मापदण्ड पूरा गरी खोप लगाउने व्यवस्था गर्न पनि विद्यालयहरूलाई अनुरोध गरिएको छ ।

 

 

प्रतिक्रिया