सिन्धुपाल्चोकको बलेफीमा खुकुरी प्रहार गरी २ को हत्या 


सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङमा अन्धाधुन्ध खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ ।

चिम्लिङका  विजय तामाङले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७० वर्षका बासु माया तामाङ र ५९ वर्षका सन्त वीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय  सिन्धुपाल्चोकले जनाएको छ ।

हत्यापछि फरार भएका छन् । फरार तामाङको खोजीकार्य जारी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

 

प्रतिक्रिया