अफ्रिकामा कोभिड खोपको उपलब्धताका लागि डब्लुएचओको जोड


ब्राजाभिल्ले – विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ । यहाँका खोप पाएका नागरिकको संख्या निकै थोरै रहेकाले त्यसका लागि विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो । अहिले अफ्रिकामा कोभिड विरुद्धको खोप लगाउने नागरिकको जनसंख्या जम्मा ११ प्रतिशत मात्र छ ।

यो विश्वका अरु देशहरुको तुलनामा निकै नै थोरै हो । विश्व स्वास्थ्य संगठनले यही सन् २०२२ को मध्यसम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकलाई खोप लगाउनु पर्ने लक्ष तय गरेको छ ।

तर अफ्रिकामा भने अहिलेसम्म पूर्ण मात्रा खोप लगाउने नागरिकको संख्या ११ प्रतिशत मात्र हुनु दुःखद हो भन्दै अफ्रिकालाई सहयोग गर्न विश्व समुदायलाई विश्व स्वास्थ्य संगठनले आग्रह पनि गरेको छ ।

अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालयले आयोजना गरेको भर्चुअल बैठकमा अफ्रिकाका क्षेत्रीय निर्देशक मातासिदी मोएतीले सो कुरा बताए । उनले लामो समयदेखि अफ्रिका खोपको पर्खाइमा बसेको भन्दै तर अझै पनि उपलब्ध हुन नसकेकाले सो कुरा बताए।

प्रतिक्रिया