पछिल्लो २४ घण्टामा विश्वभर १६ हजार ३६२ को मृत्यु


काठमाडौं – विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकैदिन १६ हजारभन्दा बढीको मृत्यु भएको छ । यो अहिलेसम्मकै उच्च मृत्यु हो । पछिल्लो २४ घण्टामा १६ हजार तीन सय ६२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुधबार मात्र १६ हजार एक जनाको मृत्यु भएको थियो भने ६ लाख ७६ हजार ८६१ जना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा सात लाख ४५ हजार ८११ जना संक्रमित थपिएका थिए । हालसम्मको तथ्यांक अनुसार विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ८६ हजार ९०३ पुगेको छ ।

त्यस्तै अहिलेसम्म ९ करोड २७ लाख ७८ हजार ९८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमित २ करोड ४४ लाख ९७ हजार ६३४ जनाको होम तथा संस्थागत आइसोलेसन र विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत १ लाख १२ हजार १२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ६ करोड ६२ लाख ९४ हजार ४४६ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा आज एकै दिन ४ हजार ९८ जनाले ज्यान गुमाए ।

योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार ९२८ पुगेको छ । दोस्रो स्थानको भारतमा संक्रमित संख्या १ करोड ५ लाख नाघेको भने अहिलेसम्म १ लाख ५१ हजार ७६५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया