कोरोनाबाट भारतमा ४७ लाख मानिसको मृत्यु : डब्लूएचओ
नयाँ दिल्ली – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारीका कारण हालसम्म संसारमा करिब डेढ करोड मानिसको मृत्यु भएको अनुमान गरेको छ । यो तथ्यांक दुई वर्षमा कोरोनाबाट मृत्यु भएकाहरूको तुलनामा १३ प्रतिशत धेरै हो ।
डब्लूएचओले कैयौं देशले कोरोनाका कारण मृत्यु हुनेहरूको संख्या कम बताएको उल्लेख गरेको छ । डब्लूएचओका अनुसार ५४ ला मानिसको मृत्युको तथ्यांक मात्र आधिकारिक मानिएको छ ।
ब्लूएचओले भारतमा कोरोनाका कारण ४७ लाख मानिसको मृत्यु भएको अनुमान गरेको छ । यो अनुमान आधिकारिक तथ्यांकभन्दा १० गुण धेरै हो । यता भारतले डब्लूएचओको अनुमानमाथि प्रश्न उठाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
भारत सरकारले डब्लूएचओको अनुमानको तरिकामा चिन्ता लागेको बताएको छ । भारतको आधिकारिक तथ्यांक अनुसार कोरोनाबाट ५,२३,९७५ जना मानिसको मृत्यु भएको छ ।