‘चीनले उत्पादन गरेका कोरोना खोपको अध्ययन भइरहेको छ’


बेइजिङ – विश्व स्वास्थ्य संगठनले चिनियाँ कम्पनीले उत्पादन गरेका दुई वटा खोेप साइनोफार्म र साइनोभ्याकको आपतकालीन् प्रयोगका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।
चीनका ती कम्पनीहरूले उत्पादन गरेका खोपको आपतकालीन प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरूले काम गरिरहेको विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम गेब्रेयोसले बताए ।

‘मलाई यस कारणले खुशी लागेको छ कि चीनका यी दुई खोपको प्रयोगका लागि आवश्यक गुणस्तरका विषयमा पनि विश्व स्वास्थ्य संगठनको विज्ञ समूहले काम गरिरहेको छ ।’ महानिर्देशक गेबरियसले भने । विश्व स्वास्थ्य संगठनले उत्पादक कम्पनीहरूलाई छिटोछिटो खोपहररू उत्पादन गर्न र यससम्बन्धी तथ्यांक संगठनलाई उपलब्ध गराउन पनि विश्व समुदायलाई आग्रह गरिरहेको छ ।

प्रतिक्रिया