३ लाख नक्कली रुपैयाँसहित बाराबाट एक युवक पक्राउ


काठमाडाैँ –  सशस्त्र प्रहरीले बाराबाट झण्डै तीन लाख नक्कली नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा रौतहटको मौलापुर नगरपालिका ७ पिपरियाका किशोरी साह रहेका छन्।

ना २५ प १९७८ नम्बरको मोटरसाइकलमा जाँदै गरेका उनलाई बाराको सिम्रौनगढ नगरपालिका २ नइकाटोला बजारदेखि हरिहरपुर जानेबाटोमा चेकजाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मंगलबार साँझ ५ बजे चेकजाँचको क्रममा उनको साथबाट एक हजारको २९६ वटा अर्थात २ लाख ९६ हजार नक्कली नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी मधेश प्रदेशका प्रमुख (डिआइजी) गणेश ठाडा मगरले जानकारी दिए।

प्रतिक्रिया