रेडमी नोट ११ आयो नेपाली बजारमा


काठमाडौँ – शाओमीले नेपाली बजारमा रेड्मी नोट ११ लन्च गरेको छ। फ्ल्यागशिप क्यामेराको अनुभव अझ निखार्नको लागि रेड मि नोट २२एमएए ५० एमपी मेन क्यामेरा, ८एमपी अल्ट्रा–वाइड क्यामेरा, २एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ क्यामेरा सहित आएको कम्पनीले जानकारी दिएको छ।

११८ डिग्रीको भ्युइङ एंगल भएको ८ एमपिको अल्ट्रा–वाइड क्यामराले राम्रो पोर्ट्रेट फोटो खिच्नुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिकको वस्तुहरु राम्रो डिटेल सहित खिच्न सक्छ। साथै यसको अगाडिपट्टी रहेको १३ एमपि पोर्ट्रेट क्यामराले प्राकृतिक र स्पष्ट देखिने सेल्फी कैद गर्न सक्छ।

रेडमी नोट ११ ग्राफाइट ग्रे, ट्वाइलाइट ब्लु, स्टार ब्ल मा अथोराइज्ड मी स्टोर,अनलाइन र रिटेल पार्टनरहरु १३ माघ २०७८बाट उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।

जसको मूल्यसूची यसप्रकार छः
४ जीबी + ६४ जीबी भेरियन्ट रु २२ हजार ९९९
४ जीबी + १२८ जीबी भेरियन्ट रु २४ हजार ९९९
६ जीबी + १२८जीबी भेरियन्ट रु २६ हजार ९९९

प्रतिक्रिया