काठमाडौंमा आफ्नै घरभित्र मृत भेटिए दम्पती


काठमाडौं – बिहीबार बिहान काठमाडौंको शंखरापुर नगरपालिका–३, बोझेनी (साँखु) मा आफ्नै घरभित्र दम्पती मृत भेटिएका छन्।

५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फुलमाया थिङ मृतावस्थामा भेटिएका प्रहरीले जनाएको छ। घरमै कोइला बालेर सुतेका उनीहरू बिहान मृत भेटिएका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएर मृत्यु भएको अनुमान गरिएको छ।

उनका छोराले प्रहरीलाई खबर गरेपछि साँखुको प्रहरी टोली घटनास्थल पुगेर घटनास्थलको मुचुल्का उठाएको छ। मृत्युको वास्तविकता अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीको भनाइ छ।

प्रतिक्रिया