कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव पद रिक्त


काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेल बुधबार भएको राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि उक्त पद रिक्त हुन गएको हो ।

यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई मनोनितबाट राष्ट्रिय सभामा ल्याउन चाहेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल र गोपाल बस्नेतको नाम अस्वीकृत गरेकी थिइन् । बस्नेत पनि प्रदेश १ बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया