रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु


काठमाडौं – रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। मोटरसाइकल दुर्घटना हुँदा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको हो ।

मोटरसाइकल रौतहटको गरुडा नगरपालिका–४ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। उनीहरु सवार ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल बुधवार राति अनियन्त्रित भएर दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया