
राज्यमन्त्रीका ‘पीएसओ’ आफ्नै घरमा मृत फेला
काठमाडौँ – कैलालीको धनगढीमा एक प्रहरी हवल्दार मृत अवस्थामा भेटिएका छन्। धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका प्रहरी हवल्दार रमेशदत्त जोशी आफ्नै घरको कोठामा बुधबार मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जोशी सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मी (पीएसओ) हुन्।
प्रहरी हवल्दार जोशी आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन बिष्टले जानकारी दिए।
जोशी सन्चो नभएको भन्दै गएको आइतबारदेखि जोशी घरमै आराम गरेर बसेका थिए। अस्वस्थताकै कारण उनी पत्नी र छोरासँग आफन्तको विवाहमा समेत नगएका परिवारका सदस्यले जनाएको छ।
उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिएको छ। उनको मृत्युको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको डीएसपी बिष्टले बताए।



कागजपत्र |
