मौसम पूर्वानुमान : सुरक्षित रहन २४ घण्टे चेतावनी


काठमाडाैँ – मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी छ। यतिबेला (बिहीबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिक बदली छ भने तराईमा हुस्सु/कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि) प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। यस क्रममा प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ।

बुलेटिनअनुसार आज राति (साँझ ६ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्मको अवधि) प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा प्रदेश १, बागमती र  गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाको  बुलेटिनमा उल्लेख  छ।

प्रतिक्रिया