काठमाडौंमा सामूहिक बलात्कार : सबै ९ अभियुक्त पूर्पक्षका लागि थुनामा


काठमाडौँ – काठमाडौं जिल्ला अदालतले गोंगबुस्थित नयाँ बसपार्कमा भएको सामूहिक बलात्कारका अभियुक्त ९ जनाीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश रामचन्द्र पौडेलको इजलासले बुधबार उनीहरूलाई थुनामा राख्न र उक्त घटनामा प्रयोग भएका ३ गेस्टहाउसका सञ्चालकहरूलाई जनही ३र३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

गत पुस १२ गते ३४ वर्षीया एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको थियो।

प्रतिक्रिया