
रुपन्देहीमा जंगलभित्र मृत भेटिएका बालिका र महिला को हुन् ?
काठमाडौँ – रुपन्देहीको देवदहमा फेला परेका शवको अझै पहिचान हुन सकेको छैन। देवदह नगरपालिका–९ घोडाहास्थित पूर्वपश्चिम राजमार्गको दक्षिणपट्टि जंगलमा मंगलबार भेटिएका एक बालिका र महिलाको शवको अझै सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय (बुटवल) का प्रमुख ठगबहादुर केसीले जानकारी दिए।
शवको प्रकृति हेर्दा हत्यापछि फालिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिए पनि सनाखत नहुँदा समस्या भएको प्रमुख केसीले बताए। इलाका प्रहरी कार्यालय (बुटवल) को सूचनामा तराई मूलको जस्ते देखिने रातो ब्लाउज र रातो ज्याकेट लगाएकी अन्दाजी ३४र३५ वर्षीया महिला र पहेँलो छिर्केमिर्के सट, निलो पाइन्ट र रातो टोपी लगाएकी अन्दाजी ६र७ वर्षीया बालिकाको शवको सनाखत तथा परिवारको खोजी गरिदिन सहयोगका लागि सबैलाई आग्रह गरिएको छ।



कागजपत्र |
