राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ बाट एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी


विराटनगर – राष्ट्रिय सभा निर्वाचनमा एमालेले जीतको खाता खोलेको छ । प्रदेश नम्बर १ बाट अल्पसंख्यकतर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा ४ हजार ७ सय ३४ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी गठबन्धन उम्मेदवार जसपाका हेमराज राईले ४ हजार ३ सय ६८ मत ल्याए । मत परिणाम औपचारिक रूपमा घोषणा हुन भने बाँकी नै छ । महिलातर्फ नेकपा एसकी जयन्ती राई ४ हजार ६९२ मत ल्याउँदै विजयी बनेकी छन् ।

उनका प्रतिद्वन्द्वी एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ र राप्रपाकी रञ्जु प्याकुरेलले १२० मत प्राप्त गरे । खुलातर्फको मत गणना जारी छ ।

प्रतिक्रिया