देशभर थप ८४५४ जनामा कोरोना पुष्टी, ४४३३ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा गत २४ घन्टामा थव ८४५४ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३ सय ५९ जनाको परिक्षण गरिएकोमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

त्यस्तै गत २४ घन्टामा ४४३३ जना कोरोनामुक्त भएको र ५ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर २ लाख ५६ हजा ४ सय १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया