लागुऔषध गाँजासहित सर्लाहीबाट एक दम्पती पक्राउ


जनकपुरधाम – नेपालमा प्रतिबन्धित लागुऔषध गाँजासहित सर्लाहीबाट एक दम्पती पक्राउ परेका छन् ।

हरिवन नगरपापालिका ८ पुरानो बजारस्थित भित्री सडकखण्डबाट बा६८प ४९७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

बागमती नगरपालिका–१२ बस्ने ३८ वर्षीय रुद्रबहादुर अधिकारी र पछाडि सवार उनका ३० वर्षीय पत्नी ऋचा अधिकारीलाई गाँजासहित पक्राउ गरेको प्रहरीले बताएको छ । उनीहरुको साथबाट पाँच किलो गाँजा बरामद भएको छ ।

दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया