ललितपुरको बालकुमारी मन्दिरबाट मूर्ति चोरीयाे


काठमाडौं – ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ । पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइ भएको पुरानो मूर्ति गएराति चोरिएको हो ।

आज बिहान चार बजे नित्य पूजा गर्न मन्दिरका जाँदा मूर्ति नदेखेपछि पुजारीले स्थानीय जनप्रतिनिधिहरुलाई खबर गरेका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराइएको थियो ।

प्रहरीले मूर्ति चोरी भएको जानकारी पाएलगत्तै खोजीकार्य जारी राखिएको छ । स्थानीयका अनुसार मन्दिरभित्र प्रवेश गर्न चारवटा गेट क्रस गर्नुपर्छ, त्यहाँ नौवटा ताला लगाइएका हुन्थे । ती सबै ताला फोडेर मूर्ति चोरिएको छ ।

प्रतिक्रिया