

सुदूरपश्चिम प्रदेश सभा सभामुख थापालाई कोरोना संक्रमण

धनगढी – सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सभामुख थापालाई संक्रमण पुष्टि भएको उनको सचिवालय जानकारी दिएको छ ।
थापालाई केही दिनदेखि हल्का ज्वरोसमेत आएको थियो । थापा अहिले होम आइसोलेसन रहेको जनाइएको छ भने थापाले पछिल्ला केही दिनमा आफूसँग सम्पर्कमा आएका सबैजनालाई स्वास्थ्यप्रति सचेत रहँदै पीसीआर परिक्षण गर्न अनुरोध गरेका छन् ।
उनको स्वास्थ्यस्थिति अहिले सामान्य रहेको पनि जनाइएको छ ।

