

किन बोलाए प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रीपरिषद् बैठक ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । अहिले बिहान नौ बजे मन्त्रीहरुलाई खबर गरेर ९ः४५ मा बैठकमा उपस्थित हुन भनिएको छ ।
यसअघि शनिबार प्रधानमन्त्री ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापासँगको भेटपछि राष्ट्रपति विद्या देवी भण्डारीसँग पनि भेट गरेका थिए ।
राष्ट्रपतिसँग हिजो साँझ करिब १ घन्टा भेटेका प्रधानमन्त्रीले आजका लागि आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ । बैठकमा अध्यादेशकै बारेमा छलफल हुने अनुमान गरिए पनि बैठकमा प्रस्तुत हुने विषयमा कुनै जानकारी नआईसकिएको जनाइएको छ ।
अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्कालै अध्यादेश जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित गरिएको थियो ।

