धनुषामा हत्या गरि फालिएको अवस्थामा युवतीको शव फेला


धनुषा – धनुषामा हत्या गरि फालिएको अबस्थामा युवतीको शव फेला परेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ६ स्थित मालटोलमा अवस्थित आँपको बगैँचामा अन्दाजी २५ वर्षीया युवतीको हत्या भएको अवस्थामा शव फेला परेको हो ।

टाउको फुटेको र रगतले लतपतिएको अवस्थामा युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए ।

युवतीको पहिचान भने खुलिसकेको र घटनाबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ । ती युवतीको बलात्कार गरेर हत्या गरेको हुन सक्ने धनुषा प्रहरीलेको भनाई छ ।

प्रतिक्रिया