
परिक्षणको ४५ प्रतिशतलाई कोरोना !
काठमाडौं – पछिल्लो २४ घन्टामा नेपालमा परिक्षणको करिब आधाजतिलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गत २४ घन्टामा २२ हजार ८२८ नमुना परिक्षण गरिएकोमा १० हजार २५८ जनालाई कोरोना पुष्टी भएको हो । जुन संख्या करिब ४५ प्रतिशत हो ।
मन्त्रालयका अनुसार ती मध्ये काठमाडौं उपत्यकामा मात्रै ५५ प्रतिशत अर्थात् ५ हजार ५४९ जनामा कोरोना पुष्टी भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४ हजार ४ जना, ललितपुरमा ९७५ र भक्तपुरमा ५७० गरी उपत्यकामा ५५४९ जना कोरोना संक्रमित देखिएका छन् ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा ५६२ जना कोरोनामुक्त भएका छन् भने १ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालको अवस्थामा ३९ हजार ४४ सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा पछिल्ला दिनमा संकमितको संख्या अत्याधिक मात्रामा बढ्दै गएको छ ।



कागजपत्र |
