

सिद्धार्थ बैंकद्वारा अस्पताल निर्माणका लागि आर्थिक सहयोग

काठमाडौं– सिद्घार्थ बैंक लिमिटेडले विराटनगरस्थित नागरिक केयर सेन्टरलाई पाँचलाख सहयोग गरेको छ ।
बैंकले विराटनगर स्थित नागरिक केयर सेन्टरलाई सामाजिक उत्तरदायित्व अन्र्तगत रु।पाँच लाखआर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका प्रदेश प्रमुख कमल बस्नेतले नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार शारदालाई हस्तान्तरण गरेका हुन् ।
बैंकबाट प्राप्त रकम नागरिक केयर सेन्टरले प्रदेश नंÞ १ मा कोभिड–१९ संक्रमितहरुका उपचारका लागि आवश्यक सेवा सुविधायुक्त १०० शैयाको अस्पताल बनाउनका लागि उपयोग गर्नेछ ।
संक्रमितहरुलाई उपचारसम्मको पहुँचमा सहजीकरण गर्ने उद्देश्यले गठन गरिएको संस्था, नागरिक केयर सेन्टरलाई बैंकले पु¥याएको यस सहयोगबाट संक्रमितहरुको उपचारमा केही हदसम्म भए पनि सहजता पुग्न विश्वास बैंकले लिएको छ ।
बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गतविभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।

