पाउ हजुरकोमा बेनिशाको ठुम्का


काठमाडौं – गायिका निशा देशारको स्वरमा रहेको नयाँ गीत ‘पाउ हजुरको’को भििडयो सार्वजनिक भएको छ । गीतमा लक्षुप्रकाश मल्लको संगीत र एरेन्ज तथा दिलीप कुमार मल्लको शब्द छ ।

भिडियोमा बेनिशा हमाल ठकुरी, दिलीपकुमार मल्ल, सोमराज शाह, विश्वास सिंह ठकुरी, मिसा शाह, रोजा अवाले, निकी बज्राचार्य, सुरबी मगर र रुक्साना महर्जन फिचर्ड छन् ।

शेर शाहीले निर्देशन गरेको भिडियोमा स्वोजन रघुवंशीको कोरियोग्राफी, दिलीपकुमार मल्लको निर्माण, दिपक गिरीको छायांकन, मिलनविक्रम शाहको सम्पादन तथा रंग छ ।

प्रतिक्रिया