
उपत्यकामा मात्रै थपिए २६०७ संक्रमित
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा २६०७ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा गरिएको परिक्षणमा काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका हुन् ।
त्यस्तै मन्त्रालयले नेपाल भर ५ हजार ८७ जना कोरोना संक्रमित थपिएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरिएको २० हजार ५६० नमुना परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो ।
त्यस्तै गत २४ घन्टामा ३ सय ६ जना कोरोनामुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।
नेपालमा गत २४ घन्टामा ३ लाख २० हजार २ सय ६७ जनाले खोप लगाएका छन् ।



कागजपत्र |
