बिजुलीको पोल सार्दा १ लाख ४० हजार घुस लिने स्टेशन प्रमुख पक्राउ


काठमाडाैँ –  बिजुलीको पोल सार्दा घुस लिने विद्युत् प्राधिकरणका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरबाट पक्राउ गरेको छ।

प्राधिकरणको काठमाडौं ग्रिड महाशाखा सबस्टेसन पाटन ललितपुरमा कार्यरत सबस्टेसन प्रमुख सोमप्रसाद पहाडी एक लाख ४० हजार घुससहित पक्राउ परेका हुन्।

पहाडीले प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टंगाल कार्यालयबाट गएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार पहाडीलाई घुस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको हो।

प्रतिक्रिया