देशको सीमा मिचिँदा कोही नबोलेको भन्दै कांग्रेस नेता भण्डारीले आफैंलाई दिए श्रद्धाञ्जलि!


काठमाडाैँ –  सत्तारुढ नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आन्तरिक कुरामा ‘बबाल’ गर्ने ‘राष्ट्रवादी’हरू देशको सिमाना मिचिँदा भने नबोलेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

देश भनेको आमा भएको उल्लेख गर्दै आमा लुटिँदा पनि नबोल्नेलाई जिउँदै मरेको भनिने टिप्पणी नेता भण्डारीले गरेका छन्। यसै क्रममा तिनैमध्ये आफूलाई एक ठान्दै उनले आफैंलाई श्रद्धाञ्जलि भनेका हुन्।

‘देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्, आन्तरिक कुरा हुने हो भने बबाल गर्दछन्’, उनले भनेका छन्, ‘देश भनेको आमा हुन्, आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ क्यारे, त्यसैले पीडाले आहत म आफैंलाई पनि श्रद्धाञ्जलिबाहेक म के भन्न सक्छु र!’

यस्तै कांग्रेसकै उपसभापति धनराज गुरुङले पनि बिहीबार भूमि अतिक्रमणबारे चिन्ता व्यक्त गरेका छन्। उनले सरकारले सीधै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्नुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया