होटलमा आगो लगाएको आराेपमा दुई जना पक्राउ


कैलाली – हाेटेलमा आगाे लगाएकाे आराेपमा दुई जना पक्राउ परेका छन् ।

धनगढीमाई नगरपालिका-११  मा धनगढीमाई नगरपालिका-१० का ३० वर्षीय गुंजेश्वर साहले सञ्चालन गरेको खुश्वु होटल एण्ड लजमा  पेट्रोल  छर्केर आगो लगाएको आराेपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।

पक्राउ पर्नेहरुमा धनगढीमाई नगरपालिका-१२ का २० वर्षीया लक्ष्मी बराल र बिष्णुपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय धिरज कुमार यादव छन् ।

लेनदेनको विषयलाई लिएर उनीहरूले उक्त होटलमा आगो लगाएका हुन् । आगलागीबाट होटलको सामानहरू जलेर करिब  एक लाखभन्दा बढीकाे नाेक्सान भएकाे छ ।

 

प्रतिक्रिया