

ललिता निवास प्रकरण : मुख्य आरोपि ढकालसहित ५ विरुद्ध साढे दुई अर्बको मुद्दा

काठमाडौं – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुख्य आरोपित शोभाकान्त ढकाल राजस्व छलीको मुद्दामा तानिएका छन् । ढकालसँगै पत्नी उमाकुमारी ढकाल पारिवारिक सदस्य सरोज ढकाल पनि उक्त मुद्धामा तानिएका छन् ।
राजस्व अनुसन्धान विभागले शोभाकान्त, उमाकुमारी र सरोजसहित आनसान इन्टरनेशनल प्रालीका सान्टु श्रेष्ठ र लेखा परीक्षण गर्ने संस्था राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठविरुद्ध राजस्व अनुसन्धान विभागले बिगो र जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ तथा कैद सजाय मागदाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।
ढकाल दम्पतीसहित सरोज र सान्टु आनसान इन्टरनेशनल प्रालीका सञ्चालक हुन् ।

