

फाइजर खोपका लागि सिरिन्ज आइपुग्यो अब खोप अभियान सुरु हुने

काठमाडौं – फाइजरका खोप लगाउनका लागि आवश्यक सिरिन्ज नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार मंगलबार सिरिन्ज आइपुगेको हो ।
महाशाखा अन्तर्गतको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले मंगलबार दिउँसो सिरिन्ज नेपाल आइपुगेको जानकारी गराए ।
खोपका लागि आवश्यक पर्ने घोलक भने गत बुधबार नै आइसकेको छ । अब खोप अभियान पनि छिट्टै सुरु हुने पनि उनले बताए ।
सरकारले ८ जिल्लामा पुस १३ देखि २२ गतेसम्म १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप लगाइने जनाएको थियो । ६ लाख ६४ हजार ५६० मात्रा खोप आएपनि समयमा घोलक र सिरिञ्ज नआएपछि खोप अभियान स्थगन हुन पुगेको थियो ।

