माओवादी केन्द्रको नयाँ केन्द्रीय समितिको पहिलो बैठक आज दिउँसो ३ बजे


काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक आज दिउँसाे ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।

आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो । केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्ने जिम्मा पाएकाे छ ।

प्रतिक्रिया