जोन अब्राहम र एकता कपुरलाई कोरोना पुष्टी


नयाँदिल्ली – बलिउड निर्देशक एवं निर्मात्री एकता कपुर र अभिनेता जोन अब्राहमलाई कोरोना पोजेटिभ भएको छ । पछिल्ला दिनमा बलिउड कलाकारहरुमा कोरोना संक्रमण देखिने क्रम बढेसँगै कपुरलाई पनि कोरोना पोजेटिभ भएको पुष्टी भएको हो ।

एकताले आफूमा कोरोना संक्रमण भएको पुष्टी भएपछि अहिले घरमा नै बसेको जनाइएको छ ।

यसअघि बलिउड नायक जोन अब्राहम र उनकी श्रीमती प्रिया रुचाललाई कोरोना पुष्टी भएको छ ।

 

प्रतिक्रिया