सेलिब्रेटीको ग्याजेट्समा एनसीबीको अनुसन्धान


मुम्बई(एजेन्सी)– अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो(एनसीबी)ले जाँच जारी राखेको छ । एनसीबीले बलिउडका कलाकारको ग्याजेट्सको छानविन गर्न शुरु गरेको छ । हाल एनसीबीसँग कलाकारको ८५ ग्याजेट्स छन् । एनसीबीले यी ग्याजेट्सलाई जाँचको लागि फरेन्सिक ल्याबमा पठाएको छ ।

एनसीबीले रिया चक्रवर्ती, उनका भाई शौविक, अभिनेत्री सारा अली खान, अभिनेता अर्जुन रामपाल, अभिनेत्री श्रद्धा कपुर र दीपिका पादुकोणलगायतका कलाकारको ल्यापटप र मोबाइलको जाँच गरिरहेको छ । समाचार अनुसार हालसम्म ३० ग्याजेट्सको अनुसन्धान भइसकेको छ भने ती ग्याजेट्सलाई सम्बन्धित व्यक्तिलाई फिर्ता दिइएको छ ।

एनसीबीले ग्याजेट्समा भेटिएका तथ्यांकको अनुसन्धान गरिरहेको छ । यसबाहेक २५ लागु औषधको नमूनाको पनि अनुसन्धान गरिरहेको छ । आफ्ना ग्याजेट्समा एनसीबीको आँखा परेपछि धेरै सेलिब्रेटीहरु चिन्तित बनेका छन् ।

प्रतिक्रिया