

प्रमुख सचेतकबाट राजीनामा दिन गुरुङलाई प्रधानमन्त्रीको दबाब

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा मागेका छन् ।
प्रधानमन्त्री ओलीले गुरुङलाई जिम्मेवारी पूरा गर्न नसकेको भन्दै राजीनामा मागेको जनाइएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनलाई केही दिनअघि नै राजीनामा दिन भनिएको हो ।
संसदीय दलको नेताले प्रमुख सचेतक र सचेतक नियुक्ति गर्ने प्राबधान रहे पनि पार्टी एकीकरणपछि गुरुङ माओवादी कोटाबाट प्रमुख सचेतक भएका थिए । गुरुङले प्रधानमन्त्रीले राजीनामा मागेको स्वीकार गरेका छन् ।

