केही मिटरको दूरीमा झुन्डिएको अवस्थामा भेटिए मायाराम र सञ्जु


धनगढी । कैलालीको गौरीगंगामा दुइ शव फेला परेको छ । केही मिटरको दुरीको फरकमा १९ वर्षीय किशोर र १६ वर्षीया किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरी आइतबार साँझ मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले सन्जु आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसको करीब दुई सय मिटर टाढाको रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको जोशीले जानकारी दिए ।

गौरीगंगा नगरपालिका–३ का वडा सदस्य जगतराम चौधरीले प्रहरी अनुुसन्धानबाट मृत्युको कारण पत्ता लाग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया