बेपत्ता विमान खोजी कार्य सोमबारसम्मका लागि स्थगित


काठमाडौं – बेपत्ता तारा एअरको विमान खोजी कार्य सोमबार बिहानसम्मका लागि स्थगित गरिएको छ। मौसम प्रतिकुलताका कारण आइतबार दिनभरको प्रयास असफल भएपछि सोमबार बिहान फेरि सुरु गरिने नेपाली सेनाले जनाएको छ।

पोखराबाट जोमसोम जाने क्रममा तारा एअरको जहाज बेपत्ता भएको थियो। चालक दलका साथै १९ जना यात्रु सवार विमान हराइरहेको छ। यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि तारा एअरको जहाजको अवस्था अज्ञात रहेको बताएको छ।

आइतबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्राधिकरणले खोजविन कार्यलाई साँघुरो बनाइए पनि हालसम्म अवस्था अज्ञात रहेको बताइएको छ।

‘ट्वीनटर विमानको खोजी कार्यलाई सम्भाव्य स्थानहरुमा केन्द्रीत गरिएकोमा खराब मौसम र जटिल भूगोलका कारण हालसम्म अवस्था अज्ञात रहेको छ,’ प्राधिकरणको विज्ञप्तिमा भनिएको छ, ‘२४ सै घन्टा रेस्क्यू कोअर्डिनेसन सेन्टर खुला रहने गरी खोजविन कार्यलाई स्थल एवं हवाई माध्यमबाट सघन बनाउने व्यहोरा समेत जानकारी गराइन्छ।’

प्रतिक्रिया