चट्याङ लागेर नवलपुरमा एक जनाको मृत्यु


नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज साँझ ५ बजे परेको चट्याङबाट जिल्लाको मध्यविन्दु- ६, भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको मृत्यु भएको हो ।

काम गरेर घर फर्किंदै गरेको अवस्थामा थारूलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

चट्याङ लागेर घाइते भएका थारूको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा साँझ ५:५० बजे मृत्यु भएको पाठकले बताए । उनका अनुसार चट्याङबाट थारूको टाउको र छातीमा गम्भीर चोट लागेको थियो ।

प्रतिक्रिया