

सुस्मा महराको ‘फेसियल हाउस’मा भवानी राणा

काठमाडौं – दुई दशकअघि ब्युटी पार्लर खोलेर सौन्दर्य क्षेत्रमा पाइला अघि सारेकी सुष्मा महराको ‘फेसियल हाउस’ १४ औं वर्षमा प्रवेश गरेको छ। शनिबार ‘फेसियल हाउस’ को १४ औं बार्षिक उत्सव थियो।
नयाँ डिजाइनका साथ तयार पारिएकोे काठमाडौं मलकोे चौैथो तल्लामा अवस्थित ‘फेसियल हाउस’कै कार्यकक्षमा भव्यताका साथ बार्षिकोेत्सव सम्पन्न भयो। बार्षिकोेत्सवमा सेलिब्रेटीहरुको उपस्थिति थियो।
उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा, नायिका पुजा शर्मा, निर्देशक शोभित बस्नेत, नायकद्धय दिकपाल कार्की र यशराज गराच बार्षिकोेत्सवमा पुगेका थिए। उनीहरुले, केक काट्दै फेसियल हाउसलाई शुभकामना समेत दिए।
फेसियल हाउसको काठमाडौैंभित्र ३ वटा र मोेफसलमा २ वटा शाखा सञ्चालनमा छन्। उत्सवमा फेसियल हाउसकी सञ्चालिका महराले विगत १४ बर्षदेखि आम मानिसकोे विश्वास जित्दै अगाडि बढ्न सहज नभएपनि आफूहरुले चुनौती सामना गर्दै काम गरेको बताइन्।
हाउसलाई नयाँ डिजाइनमा ढालेपछि महराले भनिन्– ‘जसरी परिवार बढेपछि बाबु–आमाले घर पनि ठूलो बनाउनुहुन्छ, हामीले पनि आफ्नोे क्षेत्रलाई फराकिलोे बनाएका छौैं। अब, फेसियल हाउसमा हामी एकैपटकमा ५५ देखि ६० जना ग्राहकलाई सेवा दिन सक्छौं।’
बजारमा ब्युटीपार्लरकोे प्रतिस्पर्धा बढ्दै गएपनि आफूहरुले ग्राहककोे विश्वास जितेकाले खासै फरक नपरेकोे उनको भनाइ छ। नेपालकै नम्बर १ ब्यूटी पार्लरकोे अवार्ड समेत जितेकोे योे हाउसबाट पैसा कमाउनभन्दा पनि यसलाई निरन्तरता दिन सकेको खण्डमा आफू सफल हुने महराको विश्वास छ।
यस्तै, बार्षिकोत्सवमा व्यवसायी राणाले महराकोे मिहिनेत र ग्राहककोे विश्वास जित्न सकेकाले पनि ‘फेसियल हाउस’ १४ बर्षदेखि अगाडि बढिरहेकोे बताइन्।
त्यस्तै नायिका शर्माले भनिन्, ‘म नायिका बन्नु अगाडिदेखि नै फेसियल हाउसमा आइरहेकी छु। यहाँको सर्भिस उत्कृष्ट भएकाले पनि बारम्बार आउन मन लाग्छ।’
कार्यक्रममा फेसियल हाउसमा काम गरिरहेका कर्मचारीहरुलाई विभिन्न विधामा अवार्ड समेत प्रदान गरिएकोे थियो।

