रावाबेँसीमा राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार


खोटाङ – खोटाङको रावाबेँसी गाउँपालिकामा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा स्थापना भएको छ । रावाबेँसी गाउँपालिका-१ कुभिन्डेको हरमटारमा बैंकको २५७औँ शाखा विस्तार भएकाे हाे ।

मंगलबार बिहान लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बैंकको शाखा कार्यालय उद्घाटन गरेका हुन् । आर्थिक कारोबारका लागि दिक्तेल पुग्नुपर्ने बाध्यता अन्त्यका लागि गाउँपालिकाले गरेको आग्रह अनुसार कुभिन्डेको हरमटारमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय विस्तार गरिएको हो ।

रावाबेँसी शाखासहित खोटाङमा मात्र राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालयको संख्या पाँच पुगेको छ । यसअघि दिक्तेल, ऐसेलुखर्क, बाक्सिला र खोटाङबजारमा राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय स्थापना भइसकेको छ ।

प्रतिक्रिया