अवैध लागूऔषधसहित ७ जना पक्राउ


भक्तपुर – सूर्यविनायक नगरपालिका-४ दधिकोट पात्लेटारबाट १ किलो अवैध लागूऔषध गाँजा र करिब ३ सय ४० ग्राम पोल्याण्ड सहित सोही ठाउँ बस्ने ५३ वर्षीय सुन्दर न्यौपानेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१२ औधोगिक क्षेत्रबाट करिब २ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३४ वर्षीय रत्न बहादुर बुढा समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मोरङ, मिक्लाजुङ गाउँपालिका-६ कसेनीबाट करिब १५ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, तौल गर्ने १ थान यन्त्र, को.३२ प ७६०२ नम्बरको मोटरसाइकल, १ थान मोबाईल र नगद ५ हजार २५ रुपैयाँ सहित सोही ठाउँ बस्ने २६ वर्षीय विक्रम लावतीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

दाङ, लमही नगरपालिका-९ अमिलिया बजारबाट करिब १ सय ५० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बाँके नेपालगंज उपमहानगरपालिका-१८ बस्ने ४५ वर्षीया चन्दा राना समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरेबाट करिब १० किलो १ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने १९ वर्षीय कृष्ण कुमार सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट गस्तीमा खटिएको प्रहरीले जाँच गर्दा उनको झोलामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया