हनिमुनमा माल्दिभ्स पुगे नवविवाहित जोडी विक्की–क्याट्रिना


मुम्बई – नवविवाहित सेलिब्रेटी जोडी विक्की कौशल–क्याट्रिना कैफ विवाह पछि डिसेम्बर १० गते बिहान हेलिकप्टरमा सवाई माधोपुरबाट जयपुरको लागि प्रस्थान गरे।

तर, यो जोडीलाई जयपुरमा कसैले देखेनन् । अहिले विक्की कौशल र क्याट्रिना कैफ आफ्नो हनिमुन मनाउन माल्दिभ्समा रहेको खबर आएको छ ।विवाहपछि यो जोडी पहिले सवाई माधोपुरबाट जयपुर र त्यसपछि त्यहाँबाट दिल्ली पुगे ।

विक्की–क्याट डिसेम्बर १४ सम्म माल्दिभ्समा हुनेछन् ।त्यसपछि क्याट्रिनाले १५ डिसेम्बरबाट ‘टाइगर ३’ को सुटिङ सुरु गर्नेछिन् । योसँगै विक्की पनि २० डिसेम्बरबाट आफ्नो फिल्मको सुटिङमा फर्किनेछन् । एजेन्सी

प्रतिक्रिया