
कांग्रेस केन्द्रीय सदस्यको २९९३ मत गणना, शशांकले ल्याए २४४२ (कसले कति ल्याए ?)
काठमाडौं — नेपाली कांग्रेसको खुलातर्फको ३५ केन्द्रीय सदस्यमा मतगणना जारी छ । आइतबार बिहान ९ बजेदेखि सुरु भएको गणनामा अहिलेसम्म २९९३ सय मत गनिएको छ ।
जसमध्ये एक नम्बरमा डा. शशांक कोइराला छन् । उनले २४४२ मत पाएका छन् । त्यस्तै एनपी साउदले १८९६ मत ल्याएका छन् । त्यस्तै कुन्दन काफ्लेले १४२६ मत ल्याएका छन् ।
विद्यार्थी नेता नैनसिंह महरले १५७१ मत ल्याएका छन् । बालकृष्ण खाँण तेस्रो नम्बरमा रहँदा १८५१ मत ल्याएका छन् । त्यस्तै मनाेजमणि आचार्यले १०५५ मत ल्याएका छन् ।
त्यस्तै रमेश लेखकले १७८२ मत ल्याएका छन् भने रामहरि खतिवडाले १७७० मत ल्याएका छ ।
त्यस्तै शंकर भण्डारीले १७७१ मत ल्याउँदा ज्ञानेन्द्रबहादुर कार्कीले १७६४ मत ल्याएका छन् ।
पत्रकार अजयबाबु शिवाकोटीले ११३३ मत ल्याएका छन् भने तरुण दल अध्यक्ष जीतजंग बस्नेतले १५९६ मत ल्याएका छन् ।



कागजपत्र |
